धरान(डेस्क) : मोरङको धनपालथान गाउँपालिका ३ टिटैयाबाट प्रहरीले सोमवार लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

लागूऔषध सहित इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले मोरङ कानेपोखरी गाउँपालिका ५ बस्ने २२ वर्षीय इन्द्र निरौलालाई पक्राउ गरेको हो । भारतबाट नेपाल तर्फ आउँदै गरेको को २० प ८९९४ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा प्रहरीले निरौलाको साथबाट लागूऔषध नाईट्राजेपाम ३० चक्की बरामद गरेको हो । बरामद लागूऔषध सहित निरौलालाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।