धरान(डेस्क) : ओखलढुंगाको सिद्धिचरण नगरपालिका ७ विगुटारमा सोमवार भीरबाट लडेर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थान बस्ने ३३ वर्षीय लाक्पादावा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुगाले जनाएको छ । शेर्पा दिउँसो घरबाट गाउँतिर जाने क्रममा सोही स्थानमा रहेको दोल्पु भीरबाट लडेर अन्दाजी १०० मिटर तल खसेर गम्भीर घाइते भएका थिए । लडेर घाइते भएका शेर्पालाई उपचारको लागि मिसन अस्पताल ओखलढुंगा पठाईएकोमा उपचारको क्रममा राती सवा ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।