सुनसरी: इटहरी उपमहानगरबाटै अपाङ्गता परिचयपत्र वितरण सुरु गरिएको छ । यसअघि अपाङ्गता परिचयपत्रका लागि महिला वालवालिका कार्यालय इनरुवा पुग्नु पथ्र्यो ।
आज पहिलो दिन २० जनालाई परिचय पत्र वितरण गरिएको उपमहानगरपालिकाले जनाएको छ । इटहरी उपमहानगर सामाजिक विकास शाखाकी अधिकृत सुशीला कार्कीका अनुसार पूर्णअपाङ्गता भएकालाई वितरण गरिने रातो १२ जनालाई, निलो ५ जना लाई, पहेलो २ जनालाई र सेतो परिचय पत्र १ जनालाई वितरण गरिएको थियो । प्रत्येक महिनाको पहिलो साताकोे बिहिवार अपाङ्गता परिचय पत्र वितरण गरिने उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् ।
सेतो परिचय पत्र प्राप्त गरेका ब्यक्तिहरुलाई प्रतिमहिना २ हजार र निलो परिचय पत्र प्राप्त गर्नेहरुलाई १ हजार सामाजिक सुरक्षा भत्ता दिइने व्यवस्था छ । वडा कार्यालयमा निवेदन दिएपछि उपमहानगरबाट भत्ता प्राप्त गर्न सकिन्छ । पहेलो र सेतो परिचय पत्र प्राप्त गर्नेहरुलाई अपाङ्गता कोटाका विभिन्न सुविधाहरु प्राप्त हुने छन । आफनै घर आगन छेउवाटै परिचय पत्र प्राप्त गरेकोमा अपाङ्गता भएका ब्यक्तिहरुले खुशी प्रकट गरेका छन ।