धरान:विद्युत सुरक्षा दिवश–२०७५ धरानमा पनि मनाइएको छ ।
नेपाल विद्युत प्राधिकरण धरान बितरण केन्द्रको आयोजनामा धरानमा प्रभातफेरी निकाल्दै आज विहान विद्युत सुरक्षा दिवश मनाइएको हो । ‘विद्युत दुर्घटनाबाट बच्न सचेत रहौं, सम्बृद्धिको लागि विद्युतको सदुपयोग गरौं’ भन्ने मुल नाराका साथ निकालिएको प्रभातफेरीले धरान बजार परिक्रमा गरेको थियो । कार्यालय परिसरबाट निकालिएको प्रभातफेरीमा विद्युतका कर्मचारी तथा जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो । प्रभातफेरीमा सहभागीहरुले प्रलोभनमा नपरौं, विद्युत सुरक्षीत उपयोग गरौंलगायतका प्लेकार्ड विभिन्न प्लेकार्ड बोकेका थिए ।
विद्युतको बचावट र विद्युतबाट हुने दुर्घटना न्यूनिकरण बारे सर्वसाधारणलाई सचेत गराउने उद्देश्यले प्रभातफेरी निकालिएको थियो । प्रभातफेरी निकालिएपछि कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुबेदी, विद्युत प्राधिकरण धरान वितरण शाखा प्रमुख दिपक सापकोटा, जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुमन कुमार तिम्सिनालगायतको सहभागीता रहेको थियो ।