धरान(डेस्क) : ओखलढुङगाको लिखु गाउँपालिका–३ नर्वदेश्वर सतलुङमा माटोको ढिस्कोले पुरीएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।
बिहिबार दिउँसो लिखु गाऊँपालिका–४ की ५५ बर्षीया सेतीमाया मगर, उनकै छोरी १८ बर्षीया विष्णु मगर र ३२ बर्षीया गोमा मगर घर लिप्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिदा ५५ बर्षीया सेतीमाया मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।
अन्य दुई जना मध्ये बिष्णु मगरको अवस्था गम्भीर भएकोले उपचारको लागि काठमाण्डौ पठाईएको तथा गोमा मगरको अवस्था सामान्य रहेको उक्त कार्यालयले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।