सुनसरी:सुनसरीको रामधुनी नगरपालिका ३ जाल्पा पेट्रोल पम्प अगाडि आज हायस गाडीको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्ववाट पश्चिमतर्फ जाँदै गरेको गरेको बा ४ ख १४२२ नम्बरको हायस गाडीले बिपरीत दिशाबाट आउँदै गरेको को २३ प ७७१९ नम्बरको मोटरसाईकललाई बिहान सवा ८ बजे ठक्कर दिएको थियो । ठक्करवाट मोटरसाईकल चालक ईनरुवा नगरपालिका ६ मधेशाका ३५ बर्षीय गजेन्द्र खवास चौधरी र मोटरसाईकलको पछाडी सवार ईटहरी उपमहानगरपालिका १६ का ५५ बर्षीय अशोक साह घाइते भएका थिए ।

दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको थियो । प्रतिष्ठानमा उपचारको क्रममा गम्भीर घाइते मोटरसाईकल चालक चौधरीको बिहान सवा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इनरुवाले जनाएको छ । यस्तै,अर्का घाइतेको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने हायसका चालक महोत्तरी महेस्थान गाउँपालिका ५ का ४० बर्षीय हेमबहादुर जिम्बा तामाङलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।