झापा : झापाको मेचीनगर नगरपालिका१२ कालीझोडामा शुक्रवार राती बोलेरो जीपको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत राती ८ बजे पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको मे १ ज २८११ नम्बरको बोलेरो जीपले चारआली बजारमा तत्काल पहिचान नखुलेको पैदलयात्री अन्दाजी ७५ वर्षीय पुरुष व्यक्तिलाई ठक्कर दिँदा बोलेरो जीप अनियन्त्रित भई सोही दिशा तर्फ जाँदै गरेको मे १ ज १२०९ नम्बरको बोलेरो जीपलाई पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा मे १ ज १२०९ नम्बरको बोलेरोमा सवार ११ जना समेत घाइते भई उपचारको लागि वि।एण्ड।सी। अस्पताल विर्तामोड पठाईएको थियो । दुर्घटनामा गम्भीर घाइते पैदलयात्रीको उपचारको क्रममा राती साढे ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ । दुवै सवारी साधन र मे १ ज १२०९ नम्बरको जीप चालक शिवसताक्षी नगरपालिका१ बस्ने ३९ वर्षीय युवराज शंकरलाई नियन्त्रणमा राखेको छ भने २८११ नम्बरका बोलेरो चालक फरार भएकोले खोजी कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।