उदयपुर:उदयपुरको त्रियुगानगरपालिका १२, त्रियुगा खोलामा शुक्रवार पौडी खेल्ने क्रममा डुबेर १ बालकको मृत्यु भएको छ ।
अपरान्ह सवा ५ बजे खोलामा पानी जमेर बनेको दहमा पौडी खेल्ने क्रममा त्रियुगा नगरपालिका ११ का १२ बर्षीय एलिस बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बालकलाई पानीमा तैरिरहेको अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात शव परिक्षणको लागि जिल्ला अस्पताल उदयपुर पठाएको उक्त कार्यालयले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।