झापा:झापाको मेचीनगर नगरपालिका ७ ईट्टाभट्टाबाट प्रहरीले लागूऔषध खैरो हेरोईनसहित २ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले खैरो हेरोईनसहित कन्काई नगरपालिका २ का २५ बर्षीय सुशन सुब्बा र सोही नगरपालिका ६ का २५ बर्षीय सन्तोष राईलाई पक्राउ गरेको हो । शंकास्पद अवस्थमा हिडीरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा लागूऔषध खैरो हेरोईन १ ग्राम ५ मिलिग्राम फेला परेको थियो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काकरभिट्टामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।