ईलाम: ईलामको माई नगरपालिका १० लोदिया खोलामा नुहाउने क्रममा शनिवार डुबेर १ जनाको मृत्यु भएको छ ।

पानीमा डुबेर सोही स्थान बस्ने बर्ष ३१ को पूर्ण दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । दर्जीको दिउँसो साढे १२ बजे उक्त खोलामा नुहाउने क्रममा पुल बनाउन पिलर गाड्न खनेको खाल्डोमा डुबेर मृत्यु भएको हो । घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाईएको उक्त कार्यालयले जनाएको छ ।