पथरी: झापा र मोरङ्गमा वस्ने धिमाल जातिको चाड ‘जात्री’ पर्व सुरुवात भएको छ ।

प्रकृती पुजककारुपमा रहेका आदिवासी धिमाल जातिले आफ्नो कुल पुजा तथा अन्य कुरा सप्रियोस भनेर जात्री पर्व मनाउन थालेको धिमाल जातीको अगुवाहरु वताउछन् । जात्री पर्वको सुरुवातसंगै मोरङ्गको लेटाङ्ग १ मा रहेको राजारानी क्षेत्रमा मेला लाग्ने गर्दछ । वैशाख २ गते धिमाल जातीको महाराज थानमा पुजा गरेर धिमाल जातीले जात्री सुरुवात भएको जनाउ दिने गरेका छन् । २ महिनासम्म मोरङ्ग र झापाका विभिन्न स्थानमा ढङ्ढङे मेला लाग्ने गरेको छ । जात्री पर्वमा झुम्ने धिमालहरुले महाराज थानमा सुगुर,परेवा,कुखुरा तथा अन्य पन्छि काटेर भोग दिने चलन रहेको छ । धिमाल महाराजथानमा पुग्ने धिमालहरुले माटाका विभिन्न आकृतीलाई पुज्ने गरेका छन् ।

राजारानीबाट सुरु भएको जात्री पर्व असार २ गते मोरङ्गकै उर्लावारीको धिमाल जाती विकास केन्द्र मंगलवारेमा मेला लागेर सम्पन्न हुने गरेको छ । धिमाल जातीलाई आदीवासी जनजातीको रुपमा लिदै आएको भएपनि पछिल्लो समय दमक,पथरीशनिश्चरे र वेलवारी नगरपालिकाले पहिलो जातीका रुपमा घोषणा गरेको छ । राम्रो अन्न पात होस किसानको खेतीवाली सप्रियोस तथा प्रकृतीका चट्याङ्ग लगायत का प्रकृतीक प्रकोप नहोस भनेर जात्री पर्व मनाउने गरिएको धिमाल जातीका अगुवा वताउछन् ।