मोरङ: मोरङको २ छुट्टाछुट्टै स्थानमा आज भएको आगलागीमा ३ घर जलेको छ भने ५५ लाख रुपयाँ बराबरको क्षति भएको छ ।

आज बिहान करिब साढे ९ बजेको समयमा मोरङको कटहरी गाउँपालिका ६ मुस्लिम टोल र विराटनगर महानगरपालिका ५ मा आगलागी भएको थियो । कटहरीको मुस्लिम टोलमा स्थानीय कृष्ण बहादुर लुईटेलको घरबाट अचानक बिद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । उक्त आगलागीमा लुँइटेलको २ तले कच्ची घर, छिमेकी मनोज बिष्ट र कमल बिष्टको घरसमेत जलेर नष्ट भएको थिययो । उक्त आगलागीमा करिब ४० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा दिउँसो साढे १२ बजे पुर्णरुपमा नियन्त्रणमा आएको थियो । साथै कुनै पनी मानवीय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।

यसैगरी बिराटनगर महानगरपालिका ५ कमल तिमिल्सिनाको घर भित्र रहेको केमीकल फ्याक्ट्रीमा दिउँसो साढे १२ बजे बिद्युत सर्ट भई अचानक आगलागी भएको थियो । आगलागीले घरभित्र रहेको सम्पुर्ण समानहरु जलेर नष्ट भएको र करिब १५ लाख रुपँया बराबरको क्षति भएको छ प्रहरीले जनाएको छ । उक्त आगलागी नेपाल प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा दिउँसो १ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको साथै कुनै पनी मानवीय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ