मोरङ: मोरङको पथरी शनिश्चरे नगरपालिका ४ मगर टोलमा आज नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।
बिहान सवा ११ बजे स्थानीय बिमल मगरको १२ बर्षीय छोरा अभिषेक मगर घर नजिकै रहेको नहरमा साथीहरुसंग पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि मंगलवारे अस्पताल उर्लावारीमा राखिएको उक्त कार्यालयले जनाएको छ ।