संखुवासभा: संखुवासभाको खाँदवारी नगरपालिका ८ मा आज एम्बुलेन्स र टाटा सुमो गाडीएक आपसमा ठोक्किदा ६ जना घाइते भएका छन् ।

दिउँसो १ बजे तुम्लिङटार सडक खण्डमा खाँदबारीबाट तुम्लिङटारतर्फ जाँदै गरेको को १झ ४४८ नम्बरको एम्बुलेन्स र बिपरित दिशाबाट आउँदै गरेको को १ च ७६३४ नम्बरको टाटा सुमो गाडी एक आपसमा ठक्कर खाएर दुर्घटना भएको थियो । दुर्घटनामा सुमोमा सवार रहेका खाँदबारी नगरपालिका ३ का ५६ बर्षीय हेमराज घिमिरे, १८ बर्षकी मनिषा गुरुङ, भोजपुर साल्पा सिलिछो गाउँपालिका ३ की चन्द्रकला लिम्बु घाइते भएका छन् ।

यस्तै, एम्बुलेन्समा सवार खाँदबारी नगरपालिका ९ का २४ बर्षकी बिनिता मगर, उनको छोरा ९ बर्षको आयुष मगर र एम्बुलेन्स चालक खाँदबारी नगरपालिका १ का ४० बर्षीय अम्बर राई घाइते भएका छन् । दुर्घटनामा घाइते सवैलाई उपचारको लागि जिल्ला अस्पताल खाँदवारी पठाईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। दुवै सवारी साधन र सुमो चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।