भोजपुर : भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको दक्षिणी क्षेत्रको हतुवागढी गाउँपालिका वडा नं. ९ हसनपुर ज्यामिरेमा विहीबार साँझ दुर्घटना भएको हो ।
को २ त ८७१४ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा सोही ठाउँका ३७ वर्षीय शान्ति मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट ४० मिटरजति तल खसेको बताइएको छ । चालक मेघराज राईलाई प्रहरीले पक्राउ गरेको छ ।