धरान(डेस्क) : मोरङको बुढीमगंगा गाउँपालिका ३ मा ना २ ख ५३५२ नम्बरको ट्रकको ठक्करबाट ना ४६ प २५८५ नम्बरको मोटरसाईकलमा सवार चालक सुनसरीको गढी गाउँपालिका २ बस्ने २५ वर्षीय सन्तोष साहको मृत्यु भएको छ।

कोशी राजमार्ग अन्तर्गत दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मोटरसाईकललाई बेलुका पौने ७ बजे पछाडीबाट ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते मोटरसाईकल चालक साहलाई उपचारको लागि टिचिङ अस्पताल टंकीसिनुवारी पठाईएकोमा उपचारको क्रममा बेलुका सवा ७ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ । ठक्कर दिने ट्रक र चालक सुनसरी रामधुनी नगरपालिका १ बस्ने ३० वर्षीय दिपेन बि.कलाई उक्त कार्यालयको नियन्त्रणमा राखिएको छ ।