इटहरी: इटहरी ५ सिमरबनामा आगलागी भएको छ । साँझ करीब ५ बजेको समयबाट आगलागी स्थानीय सुशान्ति टोलको गंगा गिरीको घरमा आगलागी भएको हो ।

गिरीको घरमा कोठा भाडा गरी बस्दै आएका दुर्गा श्रेष्ठको कोठाबाट आगलागी सुरु भएको हो । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक घनेन्द्र खजुमले दिएको जानकारी अनुसार ग्याँस सकएिर अर्को ग्याँस फेर्ने क्रममा लिकेज भएर आगलागी भएको हो । ‘ग्याँस सकिएर फेर्ने क्रममा लिकेज भएर आगालागी भएको रहेछ,’उनले भने,‘उहाँको रुमबाट सुरु भएको आगलागी तलको तलामा क्षती भयो ।’ गिरीको तीन तले घरको भुईँतलामा क्षती भएको छ । आगलागी इटहरी उपमहानगरपालिकाको बारुण यन्त्र, नेपाल प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।