उदयपुर:उदयपुरको वेलका नगरपालिका ७ मैनामैनीस्थित कुलुङ भन्ने स्थानमा आइतवार पिकअप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
अपरान्ह साढे ५ बजेको समयमा चतराबाट वेलका नगरपालिका ८ हुँदै मैनामैनीतर्फ जाँदै गरेको को १ ज १६१५ नम्बरको पिकअप गाडी ब्रेकफेल भएर पछाडी सर्दा दुर्घटना भएको थियो । दुर्घटनामा पिअपमा सवार वेलका ७ मैनामैनी बस्ने २३ बर्षको मनोज राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

चालकसहित पिअपमा सवार ४ जना मध्ये बेलका ८ का बर्ष ३५ की चरकुमारी राई गम्भीर घाइते छन् भने चालक अम्बर राई र वेलका ७ का ३२ बर्षकी पिपल कुमारी राई घाइते भई उपचारको लागि धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको उक्त कार्यालयले जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि धरानमा राखिएको छ ।