धरान(डेस्क) : पाँचथरको तुम्बेवा गाउँपालिका(१ जरायोटार किरुवा सामुदायिक वनमा आज सोमबार ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सहचालकको मृत्यु भएको छ ।
यासोक मौवा कच्चि सडक खण्डमा यासोकबाट मौवा तर्फ जाँदै गरेको मे १ त ३८८२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेर बिहान ११ बजे दुर्घटना भएको थियो ।
दुर्घटनामा सोही ट्याक्टरका सहचालक पाँचथर कुम्मायक गाउँपालिका १ भदौरे बस्ने १८ वर्षीय जीत बहादुर सेतीसुराल बि.कलाई ट्याक्टरको ट्रलीले च्यापेर घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मौवाले जनाएको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय रवि र मौवाबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाईएको उक्त कार्यालयले जनाएको छ । ट्याक्टरका चालक फरार रहेकोले खोजीकार्य भईरहेको छ ।