धरान: इलाका प्रहरी कार्यालय धरानले आइतबार राती करिब साढे ११ बजे धरान १५ पिण्डेश्वर चोकबाट ठुलो मात्रामा स्कुटरमा लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ ।
राती पिण्डेश्वरी चोकमा खटिएको प्रहरी टोलीले शंकास्पद सवारी साधनहरु चेकजाँच गर्ने क्रममा प्रहरी देखेर भाग्दै गरेको स्कुटरलाई खेदाएर घेरा हाली प्रहरीले नियन्त्रणमा लिएको थियो । को ३६ प ४२० नम्बरको स्कुटर नियन्त्रणमा लिएर खानतलासी लिदा धरान १७ बस्ने ३० बर्षीय छोटा भन्ने समिर राई ठुलो लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
छोटाले पछाडी भिरेको कालो ब्याग भित्र लागु औषध एभिल २२० एम्पुल, डाईजेपाम २२० एम्पुल, लुपिजैसिक २२० एम्पुल फेला परेको डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । उनलाई पक्राउ गरी लागु औषध मुद्दामा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।