इनरुवा : सुनसरीको इनरुवा नगरपालिका–७ चान्दबेला स्थित मुसहरी टोलका २६ वर्षीय मुकेश ऋषिदेवको हत्या गरि उनकी श्रीमाती फरार भएकी छिन् । श्रीमती विमला ऋषिदेवले मुकेशको हत्या गरेको सुनसरी प्रहरीले जनाएको छ ।

स्थानीयबासीले सुनसरी प्रहरीलाई खबर गरेपछि प्रहरी टोलि घटनास्थल पुगेको थियो । घटनास्थल पुग्दा मृतक मुकेशको शव आफ्नै घरमा टाउकोमा चोट लागेको र घाटीमा कपडा बेरिएको अवस्थामा फेला परेको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र प्रसाद फुयालले जानकारी दिए ।

श्रीमानको हत्यापछि मृतका श्रीमती विमला ५ वर्षीया छोरी र ३ वर्षीय छोरा लिएर फरार छिन् । उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।