झापा : झापाको कन्काई नगरपालिका १ दुर्गापुरमा बिहीवार राती पिकअप भ्यानको ठक्करबाट १ जना साईकलयात्रीको मृत्यु भएको छ ।
राती साढे ८ बजे पूर्वपश्चिम राजमार्गमा पूर्वतर्फआउँदै गरेको जिल्ला प्रशासन कार्यालय झापाको ६६–१–०४१४ नम्बरको गाडीले बिपरित दिशाबाट तर्फ जाँदै गरेको साईकलयात्री पाँचथर नागी ६ घर भई हाल कन्काई नगरपालिका १ कालीमोडामा डेरागरी बस्ने ४० वर्षीय उमेश हिङमाङलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका हिङमाङलाई उपचारको लागि बि.एण्ड.सी. अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतकको शव सोही अस्पतालमा राखिएको छ भने पिकअप र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।