इनरुवा : सुनसरीको हरिनगर गाउँपालीका २ स्थित रामनगर भुटाहा ७ नहरको डिलबाट लागूऔषध सहित एकजना पक्राउ परेको छ ।

शुक्रबार रातीको साढे ९ बजे मोटरसाइकलमा दुई जना भारतको बस्मतियाबाट लुकाएर ल्याउदै गरेको लागूऔषध सहित भुटाहा स्थित नहरको डिलबाट सशस्त्र प्रहरीले चेकजाँचको क्रममा एकजनालाई प्रतिबन्धित लागूऔषध सहित नियन्त्रणमा लिएको जनाएको छ । दुईजना मध्य एक जना मोटरसाइकल चालक फरार भएको र मोटरसाइकल पछाडि बसेको एकजनालाई नियन्त्रणमा लिएको शस्त्र प्रहरी बल बेसक्याम्प भुटाहा ले जनाएको छ ।

सशस्त्र प्रहरी बल बेसक्याम्प भुटाहाबाट सशस्त्र प्रहरी निरीक्षक धिरज गुरुङ नेतृत्वको ९ जनाको टोलिले भुटाहा स्थित रहेको सुनसरी मोरङ सिचाइको नहरको डिलमा सुराकीको आधारमा प्रतिबन्धित लागूऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

सशस्त्र प्रहरी निरीक्षक गुरुङका अनुसार नेपालमा प्रतिबन्धित डिलेक्स डिसि ८१ थान सहित भारत बस्मतिया अररिया ११ बस्ने २८ वर्षी इरफान आलमलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाएको जनाएको छ ।