सुनसरी:शारिरीक तथा मानसिकरुपमा स्वस्थ्य रहनका लागि जीवन विज्ञानका महत्वको विषयमा इटहरीका सञ्चारकर्मीहरुलाई जानकारी गराइएको छ ।
जीवन विज्ञानका विषयमा जीवन विकास विशेषज्ञ एल पि भानु शर्माले इटहरी क्षेत्रमा रहेका विभिन्न सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरुलाई सहजिकरण गरेका थिए । जीवन विज्ञानका विषयमा सुनसरीको इटहरीमा सञ्चालित सात दिने कार्यक्रमका लागि आइपुगेका शर्माले सञ्चारकर्मीहरुलाई पनि सुखी र स्वस्थ्य जीवन कसरी जिउन सकिन्छ भन्ने विषयमा सहजिकरण गरेका थिए ।
कार्यक्रममा जीवन शैली विज्ञान, योग विज्ञान, व्यक्तित्व विज्ञान, उर्जा विज्ञान लगायतका विषयमा जीवन विकास विशेषज्ञ शर्माले सञ्चारकर्मीहरुलाई जानकारी गराए । सहजिकरण कार्यक्रम जीवन विज्ञानकी प्रदेश नम्वर १ संयोजक बालिका खड्का भट्टराईको संयोजनमा भएको थियो ।