झापा: झापाको मेचीनगर नगरपालिका १२ कालिझोडामा आज बिहान भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

बिहान ७ बजे चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेका साईकल यात्री ताप्लेजुङको सिरिजंगा गाउँपालिका ३ का ३२ बर्षीय दिपेश पौडेलको बोलेरोको ठक्करबाट मृत्यु भएको हो । उनलाई सोही दिशाबाट आउँदै गरेको मे १ ज २०५९ नम्बरको बोलेरो गाडीले पछाडीबाट ठक्कर दिंदा उनी गम्भीर घाईते भएका थिए ।

घाईतेलाई उपचारको लागि बिर्तामोडको बिएण्डसी अस्पताल लगिएकोमा उपचारमा संग्लग्न चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनएको छ । मृतकको शव परिक्षणको लागि सोही अस्पतालमा राखिएको छ भने बोलेर चालक र बोलेरो प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेका छन् ।