सर्लाही : हरिवन नगरपालिकामा पाँच दिनदेखि इनारमा खसेका एक वृद्धको सकुशल उद्धार गरिएको छ ।
हरिवन नगरपालिका–५ घुर्कौलीका ५५ वर्षीय सानुमान जिम्बालाई सोमबार नेपाली सेनाको रणशेर गण पाँचकुमारीका जमदार हिमबहादुर तिवारी नेतृत्वको सैनिक टोलीले सकुशल उद्धार गरेको हो ।

गत वैशाख १२ गतेदेखि हराएका जिम्बालाई सोमबार ३० फिट गहिरो पानी सुकेको इनारमा स्थानीयवासी १३ वर्षीय विवश पाख्रिनले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
हाल जिम्बाको हरिवनस्थित नमूना अस्पतालमा उपचार भइरहेको छ ।