धनुषाा : किशोरीलाई बलात्कार गरेको आरोपमा क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ३३ वर्षीय राजकुमार साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

कोही नभएको मौका छोपीघरमा प्रवेश गरी साहले ती १४ वर्षीया किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ। घटना आइतबारको भए पनि भोलिपल्ट सोमबार मात्र परिवारजनले प्रहरीमा उजुरी गरेपछि अभियुक्त साहलाई प्रहरीले पक्राउ गरेको हो। इप्रका महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक अमिर दाहालका अनुसार पीडक साहलाई हिरासतमा राखी जबर्जस्ती करणीको मुद्दा चलाउने तयारी गरिएको छ। किशोरीलाई उपचार तथा स्वास्थ्य परीक्षणको लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ।