इटहरी:एक बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले इटहरी ३ का भीम अधिकारीलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक समीरचन्द्र खरेलका अनुसार जबरजस्ती करणी उद्योगमा अधिकारीलाई पक्राउ गरिएको हो । उनलाई म्याद थप गरी अनुसन्धानमा राखिएको प्रहरीले जनाएको छ । बालिकाले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको खरेलले जानकारी दिए ।