मोरङ: मोरङको पथरी शनिश्चरे नगरपालिका १० भुटानी शिविर अगाडी आज मोटरसाईकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गमा दिउँसो पौने १ बजे पश्चिमतर्फ जाँदै गरेको मोटरसाईकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका बस्ने बर्ष ६० की पूर्णमाया गदाल घाइते भएकी थिईन् । मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते गदाललाई उपचारको लागि पथरी अस्पतालमा पुर्याए पनि उनको उपचारको क्रममा दिउँसो १ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । ठक्कर दिने मोटरसाईकलको खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।