मोरङ: मोरङको वेलवारी नगरपालिका ८ भाउन्ने जंगलमा आज ट्रकको ठक्करबाट जंगली हरिणको मृत्यु भएको छ ।
दिउँसो करिब ४ बजे पूर्वपश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको बा ५ ख ७२७ नम्बरको हायस गाडीले बाटो काट्दै गरेको भाले हरिणलाई ठक्कर दिँदा पश्चिम आउँदै गरेको ना ४ ख १९३३ नम्बरको ट्रकमा ठोक्किएर मृत्यु भएको थियो । उक्त स्थानमा प्रहरी चौकी डाँगीहाटबाट प्रहरी टोली खटिएर दुवै सवारी साधन र मृत हरिणलाई नियन्त्रणमा लिई इलाका वन कार्यालय बेलबारीमा बुझाईएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।