मोरङ: मोरङको उर्लावारी नगरपालिका १ मा रुखको ठुटामा पलाएको च्याउ खाँदा २ जना विरामी भएका छन् ।
आज दिउँसो साढे १२ बजेको समयमा ६० बर्षीया लोरीमाया माझी र छोरी २४ बर्षकी चन्द्रीमाया माझीले घर नजिकै रहेको रुखको ठुटामा पलाएको च्याउ सब्जी बनाएर खाँदा विरामी भएका हुन् । च्याउ खाएर विरामी भएका आमाछोरीको गोदावरी अस्पताल उर्लाबारीमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।