धरान : खोटाङको साकेला गाउँपालिका ३ मुङला बस्ने बहुदुर खड्काको घरमा आगलागी हुँदा अन्दाजी १४ लाख ४० हजार मूल्य बराबरको क्षति भएको छ ।

मंगलवार राती ९ बजे भएको उक्त आगलागीबाट खड्काको ढुंगामाटोले बनेको फुसको छानो भएको १,१ तलाको २ वटा घर र गोठमा आगलागी हुँदा घरसहित भित्र रहेको लत्ताकपडा, भाँडावर्तन, अन्नपात, १५ हजार मूल्य बराबरको खसी, नगद ३ लाख र २ तोला जलेर नष्ट भएको हो ।

आगलागी भएको जानकारी पाउना साथ तत्काल इलाका प्रहरी कार्यालय मात्तिमविर्ताबाट प्रहरी टोली खटि गई स्थानीयवासीको सहयोगमा उक्त आगलागी आज राती साढे १ बजे पूर्ण रुपमा नियन्त्रणमा लिएको हो । आगलागीको कारण खुल्न नसकेको उक्त कार्यालयले जनाएको छ ।