सुनसरी : सुनसरीको कोशी गाउँपालिका ८ भाण्टावारी स्थित तीनकुनेबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
आज बुधबार बिहान ११ बजे भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउदै गरेको लागूऔषधसहित प्रहरीले इटहरी ४ का ३५ बर्षीय भरिमान राईलाई पक्राउ गरेको हो । उनको साथबाट डाईलेक्स डिसी २२ बोतल, नाइट्रोजन ट्यावलेट १०० चक्की, स्पामो प्रोक्सोभन १९२ क्यापसुल वरामद भएको छ । सशस्त्र प्रहरीको टोली पक्राउ गरेर राईलाई सिमा प्रहरी चौकी भाण्टावारीमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका राईबारे थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।