धरान(डेस्क) : आफ्नी छोरीको बिहेमा सहभागी हुन आउने एक महिलालाई दुव्र्यवहार गर्नलाई पक्राउ गरी मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

इनरुवा–१० स्थित आफ्नो घरमा भएको छोरीको विवाहमा निम्ता मान्न आएकी स्थानीय ५० वर्षीया महिलालाई पवन शर्मा खत्वेले बोक्सीको आरोप लगाई दुव्र्यवहार गरेको बताइएको छ । यो घटना वैशाख १२ गतेको हो ।

बोक्सीको आरोपका साथै आफूमथि कुटपिट पनि गरेको भने पीडितले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । कुटपिटबाट महिलाको बायाँ हातमा चोटसमेत लागेको बताइएको छ ।

जिल्ला अदालत सुनसरीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।