धरान(डेस्क) :इटहरीमा आज विहान बसले ठक्कर दिदाँ एकजनाको मृत्यु भएको छ ।

विहान ४ बजेर १० मिनेटमा पश्चिमबाट आउँदै गरेको ना ६ ख ७७३१ नम्बरको बसले इटहरी ८ का धनबहादुर भण्डारीलाई ठक्कर दिदाँ उनको मृत्यु भएको हो । थेरापी गर्न जाने क्रममा बसले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । बसका चालक मोरङ बेलबारी बस्ने टंक खत्री सहित बस प्रहरीको नियन्त्रणमा रहेको छ । इटहरी ५ स्थित पश्चिम लाईनमा दुर्घटना भएको थियो ।

घाईते भण्डारीको उपचारका लागि धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।