संखुवासभा: घरमा जडान भएको बिद्युत बाल्ने क्रममा तथा मोवायल चार्ज गर्ने क्रममा बिद्युतको झट्काले लागेर संखुवासाभामा १ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।

बुधवार राती साढे ७ बजेको समयमा संखुवासभाको सभापोखरी गाउँपालिका ६ स्वाचीमा बिद्युत बाल्ने क्रममा तथा मोवायल चार्ज गर्ने क्रममा अचानक भोल्टेज धेरै आएर करेन्ट लाग्दा ६ जना घाइते भएका थिए । स्थानीय २३ बर्षीय भुपाल बिक, ३६ बर्षीया तारा बिक, बर्ष १४ की मन्जु बिक, बर्ष ६५ की भगवती बिक, ६० बर्षका कुल बहादुर बिक र ५६ बर्षका धनमान वनेम घाईते भएका थिए ।

घाईतेहरु मध्ये भुपाल, तारा, मन्जु र भगवती बिकलाई उपचारको लागि जिल्ला अस्पताल खाँदवारी पठाईएको थियो । ती मध्ये उपचारको क्रममा भुपाल बिकको राती १० बजे सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । अन्य घाईतेहरुको उक्त अस्पतालमा उपचार भईरहेको छ भने कुल बहादुर बिक र धनमान वनेमको बाह्रबिसे मेडिकल हल सभापोखरीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।