धरान:गत फागुन ४ गते सम्पन्न भएको २१ औ बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगितामा आयोजकलाई १२ लाख बढी नाफा भएको छ ।

आयोजक धरान फुटबल क्लबले बिहिबार सााँझ एक कार्यक्रममार्फत आय व्यय सार्वजनिक गर्दै यो जानकारी दिएको हो । क्लबका कोषाध्यक्ष घनश्याम बुढाथोकीका अनुसार प्रतियोगितामा १२ लाख ३४ हजार ७ सय ७० रुपैया क्लबलाई नाफा भएको छ । यो नाफा अहिलेसम्मकै बढी हो । कोषाध्यक्ष बुढाथोकीका अनुसार विभिन्न प्रायोजक, सहयोगी संस्था र गेट टिकटबाटसमेत गरी कुल ७९ लाख ४७ हजार ५ सय ७० आम्दानी भएको थियो भने प्रतियोगितामा ६७ लाख १२ हजार ८ सय खर्च भएको थियो । ‘खर्च कटाएर हामीले १२ लाख ३४ हजार ७ सय ७० रुपैया नाफा गर्न सक्यौ,’कोषाध्यक्ष बुढाथोकीले भने ।

IMG_20190502_184558

यो सँस्करणमा गेटटिकटबाट मात्र १७ लाख ४२ हजार आम्दानी भएको थियो । यो आम्दानी क्लबले अपेक्षा गरेभन्दा बढी हो । यसपाली करिब १६ लाख गेट टिकटबाट आम्दानी हुने अपेक्षा गरिएको थियो । नाफा भएको रकमममध्ये १ लाख ११ हजार १ सय ११ रुपैया इलाका प्रहरी कार्यालय हिरासत भवन निर्माण समितिलाई र २५ हजार आसरा सुधार केन्द्र धरान ६ लाई क्बले सहयोग समेत गरेको छ । क्लबका अध्यक्ष किसोर राईले आम्दानीको १५ प्रतिशत धरानको सामाजिक कार्यमा खर्च गरिने जानकारी दिए ।

बुढासुब्बा गोल्डकपको २१ औं सँस्करण माघ २६ देखि फागुन ४ गतेसम्म भएको थियो । धरान १६ स्थित रंगशाला आयोजित प्रतियोगिताको फाइनलमा आयोजक धरानलाई हराउदै डाउफिन्स क्लबले जितेको थियो । विजेताले ८ लाख र उपविजेताले ४ लाख नगद पुरस्कार जितेको थियो ।