धरान(डेस्क) : दाइजोको निहुँमा सिरहामा फेरि एक महिलाको हत्या भएको छ । दाइजो नल्याएको भन्दै महिलाको हत्या गर्ने क्रम बढ्दो छ ।

यस्तै सिरहा नगरपालिका–१४ खिरौनामा बिहीबार राति श्रीमान रामरेश मण्डलले २१ वर्षीया श्रीमती मनिषा कुमारी मण्डलको घाँटी थिचेर हत्या गरेका हुन् । गत फागुन १६ गते गोलबजार नगरपालिका–८ बस्ने रामरेश मण्डलसँग मनिषाको विवाह भएको थियो । बिहेपछि सासुले थप दाइजो ल्याउँन दबाब दिदैँ आएको मनिषाका बाबु रघुनथ मण्डलले बताएका छन् । सासुले थप दाइजो नल्याए बुहारीलाई छोड्न छोरा रामरेशलाई दबाब दिदैँ आएकी थिइन् ।

केटा पक्षबाट विभिन्न समयमा थप दाइजो माग गर्दै चरम मनिषालाई यातना दिने गरेको बाबु रघुनाथ मण्डलले बताए ।