धरान(डेस्क) : सुनसरीको बराह नगरपालिका १० प्रकाशपुरबाट प्रहरीले बिहीवार लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।
प्रतिबन्धित लागूऔषध २० बोतल डाईलेक्स डिसीसहित सुनसरी हरीनगरा गाउँपालिका ६ घुस्की बस्ने ४८ वर्षीय काँसिद अन्सारीलाई पक्राउ गरेको हो । दिउँसो पौने १ बजे भोक्राहाबाट राजाबास आउँदै गरेको सिटी सफारीमा सवार रहेका अन्सारीलाई चेकजाँच गर्ने क्रममा बोरा भित्र लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारेको थियो । अन्सारीलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
त्यसैगरी झापाको कमल गाउँपालिका २ सुकुम्वासी टोलबाट प्रहरीले लागूऔषध सहित सोही ठाउँ बस्ने ३० वर्षीय संजिव राईलाई पक्राउ गरेको छ ।
राईलाई प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोलीले राती साढे ७ बजे शंका लागि चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको लागूऔषध डाईजेपाम ८ पिस, लुपिजेसिक ७ पिस, फेनारागन ८ पिस फेला पारेको हो । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय दमकमा राखि थप अनुसन्धा भरहेको उक्त कार्यालयले जनाएको छ ।