इटहरी: इटहरीमा प्रदेश राजधानी हुनुपर्छ भन्दै इटहरीको गोलो चौकमा मन्तब्यको कार्यक्रम भईरहेको बेला मुख्य चौकमा दुर्घटना भएको छ । मन्तव्य कार्यक्रम भइरहेको समयमा ट्रिपरले मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको हो ।

को १ ख ३०९० नम्बरको टिपरले स १० प ४००७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । स्थानीयका अनुसार कार्यक्रम भईरहेको बेला मुख्य चौक अवरोध भएको थियो । पूर्वतर्फ जाँदै गरेको मोटरसाईकललाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको थियो । तथापी, मानवीय क्षति भने नभएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।