इटहरी:मोरङको सुन्दरहरैँचा ५ मा रहेको नव निर्मित राधेश्याम सेवा ट्रष्ट नयाँ बृन्दाबन गौशलाको भवन सम्पन्न भएको छ ।
आईतबार पत्रकार सम्मेलन गर्दै भवन सम्पन्न भएको साथै मंगलबारबाट श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरी उदघाटन तथा प्राण प्रतिष्ठा गरिने राधेश्याम सेवा ट्रष्टका १०८ दीनबन्धु शास्त्रीले बताए । उनका अनुसार चैत्र २४ गते मंगलबार कलश यात्रा गरिनेछ । २५ गतेदेखि श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु हुनेछ भने ३० गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यस्तै, ३१ गते दीप प्रज्वलन तथा जेष्ठ १ गते सामूहिक ब्रतबन्ध तथा महायज्ञको समापन हुने शास्त्रीले जानकारी दिए ।
साढे १४ कट्टा जमीनमा निर्मित उक्त भवनको वरीपरी पार्क, शिव मन्दिर, गौ सेवा भवन, दुर्गा, कविरका मन्दिरहरु, बृद्धमुर्ति, आश्रम साथै विश्वकै सबैभन्दा ठूलो गौमाता निर्माण भईसकेका छन् । यस्तै स्नानघाट, आरती घाट, गोत्रिय ऋषिहरुको मुर्ति सहितको र्पाक निर्माणधिन अवस्थामा रहेको बताइएको छ । बुढीगंगा नदी किनारमा रहेको उक्त मनिदर पर्यटकीय क्षेत्र सँगै धार्मिक तीर्थस्थलको रुपमा विकास गरिने लक्ष्य लिइएको छ । धर्म, संस्कृतिको संरक्षण, प्रबर्धन साथै धार्मिक अनुसन्धान केन्द्रका रुपमा बिस्तार गर्दै लगिने बताईयो । २०६५ सालबाट उक्त भवन बनाउन सुरु गरिएको थियो ।








































































