धनकुटा : धनकुटाको शहीदभूमि गाउँपालिका–७ देउरालीमा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

सोही स्थानका ट्याक्टरका सह चालक २२ वर्षीय ओमबहादुर राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बेलुका शहीदभूमि गाउँपालिका–७ देउरालीबाट महालक्ष्मी नगरपालिका ४ चानुवा जाँदै गरेको को १ त ३०७० नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको ट्याक्टरका चालक जीवन परियार फरार रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।