धरान(डेस्क) : मोरङको उर्लावारी नगरपालिका ५ मधुमल्ला बसस्टेण्डमा भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
आज मङ्गलबार बिहान ८ः१५ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे ९ प ९४४६ नम्बरको मोटरसाईकलले पैदल यात्री धनकुटाको डाँडागाँउ बस्ने ७८ वर्षीय लाल बहादुर खड्कालाई ठक्कर दिदा उनी गम्भीर घाईते भएका थिए ।
घाईतेलाई उपचारको लागि तत्काल गोदावरी अस्पताल उर्लावारी पठाईएको थियो । घाईतेको उक्त अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागि बिराट नर्सिङहोम बिराटनगर पठाईएकोमा उपचारकै क्रममा उनको बिहान १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । ठक्कर दिने मोटरसाईकल ईलाका प्रहरी कार्यालय उर्लावारीको नियन्त्रणमा रहेको छ भने चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।