झापा: झापाको दमक ४ स्थित वत्स होटलमा आगलागी भएको छ । राती करिब ९ बजे भएको आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।
श्याम दाहालले सञ्चालन गरेको होटलमा ग्याँस लिक भएर आगलागी भएको बताइएको छ । बाँस, टिन र खरले बनेको होटल आगो नियन्त्रणमा लिन कठिन भइरहेको छ । दमकको दमकल, सुरक्षाकर्मी र स्थानीयले आगलागीको नियन्त्रण प्रयास गरिरहेका छन् । यो होटलमा खाजा, नास्ताको व्यापार हुने गथ्र्यो । आगलागीबाट भएको क्षतिको पुर्ण विवरण आउन बाँकी छ ।