धरान(डेस्क) : पाँचथरको फिदिम नगरपालिका ६ मगर गाउँमा करेण्ट लागेर बुधवार एक बालकको मृत्यु भएको छ । करेण्ट लागेर सोही स्थान बस्ने लाल वहादुर सारुमगरको ११ वर्षीय छोरा सनम मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
अपरान्ह ४ बजे साथीहरुसँग खेल्ने क्रममा बिजुलीको पोलमा चढ्दा अचानक करेण्ट लागेर घाइते भएका मगरलाई उपचारको लागि जिल्ला अस्पताल फिदिम पठाईएकोमा उपचारको क्रममा बेलुका सवा ६ बजे मृत्यु भएको हो । घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको उक्त कार्यालयले जनाएको छ ।