धरान(डेस्क) : सुनसरीको भोक्राहनरसिंह गाउँपालिका ३ शिवगंजमा बुधबार राती भएको मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।
राती सवा १ बजे भित्री सडक खण्डमा दक्षिणबाट उतर तर्फ जाँदै गरेको को २० प ४४० नम्वरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक सोही स्थान बस्ने २६ वर्षीय धनपैत खत्वे र पछाडी सवार २६ वर्षीय प्रकाश खत्वे घाइते भएका थिए ।
दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारको लागि जिल्ला अस्पताल सुनसरी पठाईएकोमा उपचारको क्रममा मोटरसाईकल चालक धनपैतको राती साढे २ बजे मृत्यु भएको हो । अर्का गम्भीर घाइते प्रकाशलाई थप उपचारको लागि गोल्डेन अस्पताल विराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।