धरान(डेस्क) : प्रतिबन्धित लागूऔषध खैरो हेरोईन सहित बुधवार प्रहरीले झापाको मेचीनगर नगरपालिका ६ भन्सार गेटबाट १ जनालाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले १ ग्राम खैरो हेरोईन सहित शिवसताक्षी नगरपालिका ९ बस्ने २९ वर्षीय मन कुमार बस्नेतलाई दिउँसो सवा ३ बजे पक्राउ गरेको हो । बरामद लागूऔषध सहित बस्नेतलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।