धरान: धरान वडा नं १७ डाँडा घोपास्थित नमुना मार्ग निवासी क्यान्सर रोगले पीडित श्यामवहादुर राईलाई धरान १७ समाज हङकङले आर्थिक सहयोग गरेको छ ।
१७ समाजबाट प्राप्त नगद १ लाख ८ हजार रुपैया बुधवार धरान १७ वडाध्यक्ष मनोज भट्टाईको हातबाट राईलाई हस्तान्तर गरिएको थियो । सोही समयमा वडाध्यक्ष भट्टराईले १ हजार ५ सय रुपैया र स्थानीय मेमसरी राईले पनि थप १ हजार रुपैया आर्थिक सहयोग गरेका थिए । ५९ बर्षिय क्यान्सर पीडित राईलाई करिव ३ वर्षअघि रोगले च्यापेको थियो । भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका राईले किमो गराइरहेका छन । डाक्टरका अनुसार २२ वटा किमो गर्नु पर्नेछ । उनको हालसम्म ७ वटा किमो भएको छ ।
धरान १७ वडा समितिबाट वालजित मार्फत सहयोगको लागि सिफारिस प्राप्त भएपछि आर्थिक सहयोग जुटाएको १७ समाज कङकङका अध्यक्ष मधुकुमार चाम्लिङले अनलाइन मार्फत जानकारी गराए । १७ समाजले स्वास्थ्य, खेलकुद लगायत विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहेको छ । १७ समाज हङकङ हाल हङकङमा कार्यरत धरान १७ निवासीहरुद्धारा स्थापना गरिएको समाजिक संस्था हो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा अग्रज पत्रकार तथा लेखक जनकऋषि राई, पूर्वाञ्चल बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई, गोधुली क्लवका उपाध्यक्ष सतिस केसीलगायतको उपस्थिति रहेको थियो ।
जलाएर