धरान(डेस्क) : धरानका एक युवक लागुऔषधसहित विराटनगरबाट पक्राउ परेको छ ।
सुनसरी धरान उपमहानगरपालिका ७ बस्ने २९ वर्षीय विकलाई लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित विहीबार पक्राउ गरेको जनाएको छ । विकको साथबाट एभिल ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल र डाईजेल्याव ३५ एम्पुल बरामद गरिएको हो ।

विकलाई दिउँसो ३ बजे जोगवनीबाट नेपाल आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्नेक्रममा विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटबाट पक्राउ गरि इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको जनाएको छ ।