धरान(डेस्क) : मोरङको धनपालथान गाउँपालिका ३ बेतौनीबाट प्रहरीले बिहीवार प्रतिबन्धित लागूऔषध खैरो हेरोईन सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
राती पौने १२ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको भारतीय डिएल ७ सीएम ०१७६ नम्बरको स्कारपियो गाडीबाट १ सय २५ ग्राम लागूऔषध खैरो हेरोईन बरामद गरेको हो । लागूऔषध सहित गाडी चालक भारत कुसाकट्टा १५ पडरिया बस्ने २८ वर्षीय सन्तोष मण्डल र गाडीमा सवार रहेका २४ वर्षीय कमरूल खाँनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह र अस्थायी प्रहरी चौकी बेतौनीबाट खटिएको टोलीले पक्राउ गरेको हो । बरामद लागूऔषध र गाडीलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।